कस्तो माया हजुर

हरि मानन्धर “विवश”


कति दिन सम्म हजुर यसै यसै बाँची दिए ।
निष्ठुरीको झूठो माया मुटु भरि साँची दिए ।।

स्वर्ग जस्तै सँसार हजुर कल्पनामा भए पछि,
मनका व्यथा लुकाएर परि सँगै नाची दिए ।

यौवनका बेला हजुर बाचा कसम खान पनि
सजिलो पो हुने रैछ खिस्स खिस्स हाँसी दिए ।।

झूठो माया लाउने हजुर टाढा टाढा भागेपछि
मैले पनि मनलाई हजुर सजिलै पो भाँची दिए ।

0 comments: