हरि मानन्धर “विवश”
जलिरहेछ मन मेरो कहाँ पोखुँ ठाउ छैन
गलिरहेछ शरीर तर ठम्याउने पाउ छैन
सँगालेर चोटहरू बाच्नु यहाँ गाह्रो भो
दुखिरहन्छ छाती तर देखाउने घाउ छैन
एकान्तमा सधै भरि कल्पनामै डुबेर म
कति कोरू प्रेम पत्र पाउनेको त नाउ छैन
मनको व्याथ लुकाएर मुटु भित्रै कसिराखे
त्यसैले नै तिमीसामु यी कथाका भाउ छैन
बाँचेको छु तड्पीएरै जिन्दगीको अन्तसम्म
मर्छु बरू विवश यसै तिमीलाई मार्ने दाउ छैन
ख्वै के हौ कुन्नी तिमी
हरि मानन्धर “विवश”
मेरो हृदयमा तिमी
मेरो मस्तिष्कमा तिमी
अंग अंग अनि प्रन्यंग भित्र
सदा सर्वदा तिमी नै तिमी
मेरो मनको चाह हौ तिमी
मेरो मुटुको धडकन हौ तिमी
रातको निन्द्रा अनि
दिनको भोक पनि तिमी
मेरो मनको रानी तिमी
मरो कल्पनाको सागर तिमी
गन्तव्य पनि तिमी नै तिमी
अनि भविष्य पनि तिमी
सागरको गहिराई तिमी
आकाशका जुन अनि तारा तिमी
स्वर्गकी परी तिमी
अनि धर्तीमा मेरी तिमी
पल पलको याद तिमी
पल पलको दर्द तिमी
हरपल हरक्षण मात्र तिमी
ख्वै के हौ कुन्नी तिमी
मेरो हृदयमा तिमी
मेरो मस्तिष्कमा तिमी
अंग अंग अनि प्रन्यंग भित्र
सदा सर्वदा तिमी नै तिमी
मेरो मनको चाह हौ तिमी
मेरो मुटुको धडकन हौ तिमी
रातको निन्द्रा अनि
दिनको भोक पनि तिमी
मेरो मनको रानी तिमी
मरो कल्पनाको सागर तिमी
गन्तव्य पनि तिमी नै तिमी
अनि भविष्य पनि तिमी
सागरको गहिराई तिमी
आकाशका जुन अनि तारा तिमी
स्वर्गकी परी तिमी
अनि धर्तीमा मेरी तिमी
पल पलको याद तिमी
पल पलको दर्द तिमी
हरपल हरक्षण मात्र तिमी
ख्वै के हौ कुन्नी तिमी
सुनौलो बिहानी चाहेको छु
हरि मानन्धर
सँसारदेखि तर्सिएर
आज कतै एकान्तमा
हार होइन जिन्दगीको
उपहार सम्झदैछु
जीन्दगी यो गल्ली गल्ली भौतारिनुमा
धेरै थोरै परिवर्तन पाएको छु
अँध्यारोललाई चिर्ने विहानीमा
सुनौलो भविष्य पो चाहेको छु
हुन्छ कतै सफल भनि
पाइलाहरू अगाडि सारेको छु
अलिकति पर कतै
किन किन सत्यता पाएको छु
मैले चाहेको हिजो भन्दा
भोलि झनै सशक्त पो पाएको छु
फेरि पनि भविष्यमा
सुनौलो विहानी नै चाहेको छु
सँसारदेखि तर्सिएर
आज कतै एकान्तमा
हार होइन जिन्दगीको
उपहार सम्झदैछु
जीन्दगी यो गल्ली गल्ली भौतारिनुमा
धेरै थोरै परिवर्तन पाएको छु
अँध्यारोललाई चिर्ने विहानीमा
सुनौलो भविष्य पो चाहेको छु
हुन्छ कतै सफल भनि
पाइलाहरू अगाडि सारेको छु
अलिकति पर कतै
किन किन सत्यता पाएको छु
मैले चाहेको हिजो भन्दा
भोलि झनै सशक्त पो पाएको छु
फेरि पनि भविष्यमा
सुनौलो विहानी नै चाहेको छु
कस्तो माया हजुर
हरि मानन्धर “विवश”
कति दिन सम्म हजुर यसै यसै बाँची दिए ।
निष्ठुरीको झूठो माया मुटु भरि साँची दिए ।।
स्वर्ग जस्तै सँसार हजुर कल्पनामा भए पछि,
मनका व्यथा लुकाएर परि सँगै नाची दिए ।
यौवनका बेला हजुर बाचा कसम खान पनि
सजिलो पो हुने रैछ खिस्स खिस्स हाँसी दिए ।।
झूठो माया लाउने हजुर टाढा टाढा भागेपछि
मैले पनि मनलाई हजुर सजिलै पो भाँची दिए ।
कति दिन सम्म हजुर यसै यसै बाँची दिए ।
निष्ठुरीको झूठो माया मुटु भरि साँची दिए ।।
स्वर्ग जस्तै सँसार हजुर कल्पनामा भए पछि,
मनका व्यथा लुकाएर परि सँगै नाची दिए ।
यौवनका बेला हजुर बाचा कसम खान पनि
सजिलो पो हुने रैछ खिस्स खिस्स हाँसी दिए ।।
झूठो माया लाउने हजुर टाढा टाढा भागेपछि
मैले पनि मनलाई हजुर सजिलै पो भाँची दिए ।
आनन्द पो हुने थियो
हरि मानन्धर “विवश”
आनन्द पो हुने थियो रात साट्न पाए ।
बैशालु यो यौवनको यो मात साट्न पाए ।।
अधर भरि छल्लिएको तिम्रो मधुर मुस्कान,
चुम्वन सँगै माधुर्यता को वात साट्न पाए ।
अंग अंग केलाएर यौवनको यो खेलमा,
क्रिडासँगै सल्बलाई यी हात साट्न पाए ।
नग्न शरीर यी आँखामा समर्पित गर्दै,
आनन्द पो हुने थियो त्यो जात साट्न पाए ।
आनन्द पो हुने थियो रात साट्न पाए ।
बैशालु यो यौवनको यो मात साट्न पाए ।।
अधर भरि छल्लिएको तिम्रो मधुर मुस्कान,
चुम्वन सँगै माधुर्यता को वात साट्न पाए ।
अंग अंग केलाएर यौवनको यो खेलमा,
क्रिडासँगै सल्बलाई यी हात साट्न पाए ।
नग्न शरीर यी आँखामा समर्पित गर्दै,
आनन्द पो हुने थियो त्यो जात साट्न पाए ।