Hot News

यस भेटका आकर्षणहरू

काव्य संसार

कथा संसार

गीत गजलहरू

संस्मरण /निबन्ध

लिंक सम्बन्ध

RSS

          साहित्यसंसार नेपाली साहित्यमा कलम चलाउने र साहित्यलाई माया गर्ने हामी सबै साहित्यप्रेमीहरुको एउटा सानो संसार हो ।

         सूचना र प्रविधिको बढ्दो विकाससंगै विश्व साँघुरिदै गइरहेको आजको वर्तमान अवस्थामा साहित्यिक रचना तथा कृतिहरु इन्टरनेटमा सहज रुपमा उपलब्ध हुन थालेका छन । यसरी इन्टरनेट मार्फत नेपाली साहित्यका रचनाहरु पनि धेरै भन्दा धेरै प्राप्य बनाउन यस्ता हजारौं कोशिस गरिनु पर्छ । त्यस्तै एउटा अर्को कोशिस साहित्यसंसारको पनि हो।


          लेख रचना पठाउन तथा सल्लाह र सुझावका निमित्त हाम्रो इमेल ठेगाना info@sahityasansar.com

शब्द अनि मेरो मौनता !

साहित्यसंसार डट कम :


आज भोलि !
शब्दहरु - निकै कन्जुस भएको छ !
हरपल क्षणहरु सिंगार्न !
भावहरुलाई गुञ्ज दिन !
मन देखि मनसँग सञ्चार गराउन !
म मेरा मस्तिष्कमा
वटुल्ने प्रयत्न गरिरहेछु !
ति शब्दहरु !!

किन बाटो विराए तिनले – अचेल ?
ठ्याक्कै चुम्बक झैँ,
समान धुर्व भए पनि विकर्षण भै'रहेछ !
‘शब्द' जसले ध्वनि उत्पन्न गराउछ !
जब, शब्दको अभाव रहन्छ !
तब सबै  चिज रहन्छ त - शान्त नै !
ए, हजुर …!
न त सिस्टमनै म्युट छ !
न त स्पिकरनै खराब छ !
छ त : खालि शब्दहरुको अनिकाल !


‘शब्द' विहिन –म
पानि नभएको खोलाको बगर हु !
जसरी मध्य रात पछिको सड्कमा,
मातेको मान्छेको भाषणले -
विचलित रहन्छ शहरहरु …!!
उसै गरी निसासिएको छु !
शब्दहरुको अनुपस्तिथिमा – म !

किन यति विध्न भाउ खोजेको ?
यो देखेर चुर हुदै मुर्मुरिन्छु -
…. शब्द ! शब्द !! शब्द !!!

ठुलो आक्रोशका साथ
मेरो अघि प्रस्तुत हुन्छ,
शब्दको प्रतिविम्ब !!
अनि गर्वका साथ फतफताउन थाल्छ !
‘हो ! मेरो भाउ बढेकै हो !
हरेक कलाको मुल्य हुन्छ, इज्जत हुन्छ !
हरेक बस्तुको ठाउँ अनुसार
आ-आफ्नै अस्तित्व हुन्छ !’

(शब्द विहिन – म ,मौन रही ठिङ्ग अडीरहेछु !
- उ एकोहोरो कराई रहेछ … )
‘म –‘शब्द’ तिम्रो मगजमा नआउनु
म दुर्लभ हुन् खोज्या होइन !
‘म –‘शब्द’ तिम्रो मगजमा नअडिनु
म विलय हुन् खोज्या होइन !
तर म –‘शब्द', तेरो देशको
मान्छे जस्तो सस्तो र मुल्य हिन छैन !
तर म –‘शब्द', तेरो देशको
मान्छे जस्तो वेमतलबी र निकम्मा छैन !!
( …. म सुनी रहे, बस ! निशब्द: )





साहित्यसंसार भेटवार्ता

नयाँ पोष्टहरू:

कृति समिक्षा

अन्तर्वार्ता

ब्यानर